तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २३ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

फिलिपिन्सको नरसंहार
सन् २००९ मा फिलिपिन्सको इतिहासमै डरलाग्दो नरसंहार भएको थियो । २३ नोभेम्बरमा दक्षिणी फिलिपिन्समा मतदाता नामावलीमा नाम दर्ता गर्न गएका ३४ पत्रकारसहित ५७ जनालाई बन्दुकधारीको एउटा समूहले गोली हानेर हत्या गरेका थिए ।

लाइवेरियाले पहिलो महिला राष्ट्रपति
सन् २००५ मा लाईवेरियाले पहिलो महिला राष्ट्रपति पाएको थियो । सोही वर्षको २३ नोभेम्बरमा उनी लाईवेरियाको राष्ट्रपति बनेकी थिइन । उनलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

१०० मिटर उचाइबाट समुद्रमा हाम फाल्ने व्यक्ति
सन् १९७६ मा फ्रान्सेली पुरुष ज्याक्स मेयोल १०० मिटरको उचाइबाट समुद्रमा हाम फालेका थिए । हाम फाल्दा उनी ४९ वर्षका थिए । उनले यसअघि १०५ मिटर उचाइबाट समुद्रमा हाम फालेको आफ्नै रेकर्ड तोडेका थिए ।

स्वीडेनमा मृत्युदण्ड पाउने अन्तिम व्यक्ति
सन् १९१० मा स्वीडेनका जोहन अल्फ्रेड एन्डरलाई मृत्युदण्ड दिइएको थियो । एक महिलाको हत्या अभियोग लागेका एन्डर मृत्युदण्ड पाउने स्वीडेनका अन्तिम नागरिक हुन् । सन् १९२१ मा स्वीडेनले मृत्युदण्डको व्यवस्था अन्त्य गरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार