इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २२ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

जर्मनीमा पहिलो महिला चान्सलर
सन् २००५ मा एंगेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर बनेकी थिइन् । पूर्वी जर्मनीबाट चान्सलर बन्ने उनी पहिलो महिला हुन् । मर्केलले सन् २००५ देखि जर्मनीमा एकछत्र शासन गर्दै आएकी छिन् । सन् २००२ देखि सन् २००५ सम्म प्रमुख विपक्षी दलकी नेतृ रहेकी मर्केल सन् २००२ देखि सन् २००८ सम्म क्रिश्चियन डेमोक्रयाटिक युनियनको नेतृ बनेकी थिइन् ।

युक्रेनमा ओरेन्ज रिभोलुसन
निर्वाचित सरकारले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा युक्रेनका विपक्षीले सन् २००४ मा ठूलो आन्दोलन गरेका थिए । ओरेन्ज रिभोलुसन नाम दिइएको सो क्रान्तिपछि देशमा निर्वाचन प्रणालीमा सुधार आएको थियो । सोही क्रान्तिको स्मरणमा सन् २००५ को २२ नोभेम्बरलाई स्वतन्त्रता दिवस घोषणा गरिएको थियो । 

पहिलो एनिमियटेड चलचित्र
सन् १९९५ मा निर्माण गरिएको टोरी स्टोरी कम्प्यु्टरबाट एनिमियटेड गरिएको पहिलो चलचित्र हो । मानवजस्तै एउटा खेलौनाको साहसमा आधारित यस चलचित्रले ओस्कारलगायत अन्य प्रतिष्ठित पुरस्कार प्राप्त गरेको थियो ।

टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पिनको उपाधी विश्व बक्सिङ परिषद्ले सन् १९८६ मा चर्चित बक्सिङ खेलाडी माईक टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पियन घोषणा गरेको थियो । च्याम्पियन घोषित हुँदा उनी २० वर्षका थिए ।

जोन अफ केनेडीको हत्या
सन् १९६३ को २२ नोभेम्बरमा अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । टेक्सासको भ्रमण गर्ने क्रममा ली हार्भे ओसवाल्ड नाम गरेका व्यक्तिले केनेडीको हत्या गरेका थिए । केनेडी पदमै रहँदा हत्या हुने चौथो अमेरिकी राष्ट्रपति हुन् । यसअघि अब्रांहम लिंकन, जेम्स अब्रांहम गारफिल्ड र विलियम म्याकिन्लेको पनि पदमा रहेकै बेला हत्या भएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार