तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २१ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला
सन् १९७९ मा एउटा अज्ञात मुस्लिम समूहले पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगो लगाइदिएको थियो । मुसलमानहरुको पवित्र सहर मक्काको एउटा मस्जिद बिस्फोटको घटनामा अमेरिकासमेत संलग्न रहेको आरोप लगाउँदै समूहले अमेरिकी दूतावासमा हमला गरेको हो । आगलागीबाट दूतावास भवनमा क्षति पुगेको थियो ।

संसारको लामो सस्पेन्सन ब्रिज
सन् १९६४ मा संसारकै लामो सस्पेन्सन ब्रिज सर्वसाधारणका लागि खुला गरिएको थियो । न्युयोर्कको ब्रुकलाईन र स्टेटन टापु जोड्ने सो पुल विश्वकै पहिलो लामो सस्पेन्सन ब्रिज हो । सन् १९८१ मा बेलायतमा निर्माण भएको सस्पेन्सन पुलले अमेरिकाको रेकर्ड तोडेको थियो ।

चीन र भारतबीचको युद्ध अन्त्य
सीमा विवादलाई लिएर एसियाका शक्तिशाली दुई देश भारत र चीनले बारम्बार युद्ध गरेका छन् । त्यस्तै युद्ध सन् १९६२ मा भएको थियो । सीमा विवादलाई लिएर भएको सो युद्ध एक महिनापछि अर्थात आजकै दिन समाप्त भएको थियो । चीनले एक पक्षीय ढंगले युद्धबिराम घोषणा गरेपछि एक महिना लामो युद्ध समाप्त भएको थियो ।

आयरल्यान्डको ब्लडी सन्डे
सन् १९२० मा आयरल्यान्डको स्वतन्त्र युद्धको समयमा एउटा दुःखद घटना भएको थियो, जुन अहिले पनि इतिहासमा सम्झिइन्छ। ब्रिटीश सरकार र आयरल्यान्डीच भएको युद्धको क्रममा सन् १९२० को २१ अक्टोबरको आइतबार मिसेल कोलिन्स नेतृत्वको आईरिस रिपब्लिक आर्मी (आइआरए) ले ३० ब्रिटीश नागरिकको हत्या गरिदिएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार