इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १८ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण
सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए । इजरायलको भ्रमण गरेर त्यहाँको संसद केन्ससेटमा सम्बोधन गर्ने सादत अरब राज्यका पहिलो सरकार प्रमुख हुन् । इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए । अरब( इजरायल तनाब अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई संयुक्त रुपमा नोबेल पुरस्कार वितरण गरिएको थियो ।
चन्द्रमामा दोस्रो पटक अवतरण
सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो । नासाको एपोलो कार्यक्रमअन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो ।
पेलेको १००० औँ गोल
ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औँ गोल गरेका थिए । २० औँ शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...