इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १८ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
९०० जनाको सामूहिक आत्महत्या
सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालिन प्रमुख जिम जोन्सको आदेशमा टेम्पलका ९०० सदस्यहरुले सामूहिक आत्महत्या गरेका थिए । उनीहरुको आत्महत्याको कारण खुलाइएको छैन् । सन् १०५० को मध्यतिर इन्डियानमा स्थापना भएको सो टेम्पलका सदस्यहरु सन् १९७४ मा गियाना पुगेर जर्ज टाउनबाहिर एउटा वस्ती बसालेका थिए । उनीहरूले बस्ती बसालेको ठाँउलाई जोन्स टाउन भनिन्छ ।
कथित गुरु जेम्स बारेन जोन्सले आफूलाई हत्याको आरोप लागेपछि आफ्नो कथित पिपल्स टेम्पलमा रहेका ९१८ जना भक्तहरूलाई सामूहिक आत्महत्या गर्न दुरुत्साहन गरेका थिए । मूलत: रङ्गभेद, सामाजिक अन्याय र पुँजीवादको खरो विरोध गर्ने र समतामूलक समाजको आग्रह गर्दै आफ्नो छुट्टै सहर अर्थात जोन्स टाउन (पिपल्स टेम्पल) निर्माण गरेका जोन्सलाई शोषण र बन्धक बनाएको आरोप लागेपछि एकजना अमेरिकी सांसद रियान जाँचका लागि 'टाउन' पुगे र त्यहीँ जोन्सका भक्तहरूले उनको हत्या गरे । तत्पश्चात जसै अमेरिकी प्रशासनले जोन्समाथि अनुसन्धान र न्यायिक प्रक्रिया थाल्यो, उनले आफ्ना सबै शिष्यहरूलाई पानीमा घोलिएको विष सेवन गराएर सामूहिक आत्महत्या (हत्या) गराए र उनले आफूले समेत आत्महत्या गरे ।
सोम्मी युद्ध
सन् १९१६ को १८ अक्टोबरमा सोम्मी युद्ध समाप्त भएको थियो । प्रथम विश्वयुद्धको समयमा ब्रिटीश र फ्रान्सको गठबन्धन फौजले जर्मनीको फौजविरुद्ध लडेको थियो । २० औं शताब्दीकै रक्तपातपूर्ण सो युद्ध सन् १९१६ को १ जुलाईमा सुरु भएको थियो । सो युद्ध फ्रान्सको सोम्मी नदीको किनारमा भएको थियो ।
पानामा र अमेरिकाबीच सम्झौता
सन् १९०३ मा पानामा नहर क्षेत्र निर्माणबारे पानामा र अमेरिकाबीच सम्झौता भएको थियो । सन् १९७९ सम्म सो नहर अमेरिकी क्षेत्रभित्र पर्दथ्यो । फ्रान्सले सन् १८८१ मा पानमा नहर बनाउन सुरु गरेको थियो । तर, इन्जिनियरिङ समस्याका कारण सो कार्य रोकेको थियो । सन् १९०४ मा अमेरिकाले नहर निर्माणको जिम्मा पाएको थियो । सन् १९१४ मा नहरको निर्माण कार्य सम्पन्न भएको थियो ।
अमेरिकामा पुस बटन फोन
सन् १९६३ मा अमेरिकामा पहिलो पटक पुस बटन (टच टोन) टेलिफोन सुरु भएको थियो । यो फोनले रोटरी डायल मोडललाई बिस्थापित गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...