इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १७ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

१९८९ को भेलभेट क्रान्ति

वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी सहरमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले दमन गरेको थियो ।  दमनको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्वचेकोस्लाभियामा कम्युनिस्ट शासन ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो ।

एथेन्सको विद्यार्थीको क्रान्ति

सन् १९७३ मा ग्रीसमा भएको एथेन्स पोलिटेक्निक क्रान्ति पनि विश्व इतिहासमा स्मरण लायक घटना हो । एथेन्समा तत्कालिन सैन्य सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा गोली प्रहार गरेको थियो । सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन् ।

स्वेज नहर निर्माण सम्पन्न

युरोप र एसियालाई जोड्ने स्वेज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो । रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो ।

रिचार्ड निक्सनको दाबी

चर्चित वाटरगेट कान्डबारे तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले सन् १९७३ को १७ नोभेम्बरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । निक्सनले आफू निर्दोष भएको दाबी गरेका थिए । ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिने उनी पहिले अमेरिकी राष्ट्रपति हुन् ।  । निक्सनका उत्तराधिकारी जेराल्ड फोल्डले निक्सनलाई माफी दिएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार