तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १६ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री
सन् १९८८ मा वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन् । मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टो १९८८ देखि १९९० सम्म शासन गरेकी थिइन् । उनी सन् १९९३ देखि १९९६ सम्म दोस्रो पटक पनि प्रधानमन्त्री बनेकी थिइन् ।

ह्यारी पोटरमा आधारित चलचित्र
सन् २००१ मा प्रसिद्ध पुस्तक ह्यारी पोटरमा आधारित चलचित्र निर्माण भएको थियो । ह्ँयारी पोटर उपन्यासका लेखक जे के रोलिङ हुन् ।

इस्टोनियाद्वारा सार्वभौम सम्पन्न देश घोषणा
सन् १९८८ मा तत्कालिन सोभियत युनियनबाट इस्टोनिया सार्वभौमसम्पन्न देश भएको घोषणा गरेको थियो । सिंगिङ क्रान्तिको एउटा अंशको रुपमा घोषित सो कानुनले सोभियत कानुनमाथि प्रभुत्व जमाएको थियो । हरेक १६ नोभेम्बरलाई इस्टोनियाले सार्वभौमसत्ता घोषणा वर्षको रूपमा मनाउँछ ।

युनेस्कोको स्थापना
सन् १९४५ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) राष्ट्रसंघको एउटा अभिन्न अंगको रुपमा स्थापना गरिएको थियो । युनेस्कोले शिक्षा, वैज्ञानिक सहकार्य र सांस्कृतिक आदानप्रदानमार्फत विश्वमा शान्ति र भलाइका लागि काम गर्छ । पेरिस मुख्यालय रहेको युनेस्कोका १९५ देश सदस्य छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार