इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १५ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
स्वतन्त्र प्यालेस्टाइन राज्य गठन
सन् १९८८ मा अल्जेरियाको राजधानी अल्जिर्यसमा प्यालेस्टाइन लिबरेस संगठन ९पीएलओ० ले प्यालेस्टाइन राज्य गठन भएको घोषणा गरेको थियो । पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी घोषणा गरिएको थियो । अहिले राष्ट्रसंघका करिव ७० प्रतिशत सदस्यहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रुपमा मान्यता दिएका छन् ।
महात्मा गान्धीको हत्यारालाई झुन्ड्याइयो
भारतमा शान्तिका दूत भनेर चिनिने महात्मा गान्धीको हत्यारालाई सन् १९४९ को १५ अक्टोबरमा फाँसी दिइएको थियो । नाथुराम गोड्से, नारायण एप्टीसहित ८ जनालाई अम्बाला जेलमा झुन्ड्याइएको थियो । नाथुराम गोड्सेले सन् १९४८ को ३० जनवरीमा गान्धीको हत्या गरेका थिए ।
लीग अफ नेसनको पहिलो बैठक
आजकै दिन अर्थात सन् १९२० को १५ अक्टोबरमा अन्तर्राष्ट्रिय संगठन लीग अफ नेसनको महासभाको पहिलो बैठक बसेको थियो । द्वितीय विश्वयुद्धपछि सृजित समस्या समाधान गर्न तथा विश्वमा शान्ति कायम गर्ने उदेश्यले सोही वर्षको जनवरीमा लीग अफ नेसन खडा गरिएको थियो ।
सेनाद्वारा ब्राजिलका शासक सत्ताच्युत
सन् १८८९ मा ब्राजिलका तत्कालिन शासक पेड्रो द्वितीय सत्ताच्युत भएका थिए । म्यानुअल डिओडोरोले नेतृत्व गरेको सैनिक अधिकारीहरूको एउटा समूहले उनलाई सत्ताच्युत गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...