इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १४ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
नासाको म्यारिनर यान मंगल ग्रहको कक्षमा
नासाको म्यारिनर–९ यान आज मंगल ग्रहको कक्षमा पुगेको थियो । अन्तरिक्षमा १६७ दिन बिताएपछि सो यान सन् १९७१ को १४ नोभेम्बरमा मंगल ग्रहको कक्षमा पुगेको थियो । यान मंगलको कक्षभित्र १५ मिनेटसम्म रहेको थियो । ग्रहभित्रको प्रदूषणका कारण म्यारिनले त्यहाँबाट तस्विर खिचेर पृथ्वीमा पठाउन सकेको थिएन् ।
अमेरिकी पत्रकारको विश्व भ्रमण
८० दिनमा विश्व भ्रमण पूरा गर्ने लक्ष्य राखेकी अमेरिकी पत्रकार निली ब्लाईले सन् १८८९ को १४ नोभेम्बरमा होबोकेनबाट आफ्नो यात्रा सुरु गरेकी थिइन् । उनले ७२ दिनमै आफ्नो यात्रा पूरा गरेर रेकर्ड बनाएकी थिइन् ।
बेलायतका राजकुमार चाल्र्सको जन्म
बेलायती राजतन्त्रका उत्तराधिकारी तथा बेलायतकी महारानी द्वितीय र ड्युक अफ इडनवर्ग प्रिन्स फिलिपका छोरा प्रिन्स चाल्र्सको जन्म आजकै दिन अर्थात सन् १९४८ को १४ नोभेम्बरमा भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...