इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १३ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
पेरिसमा अतिवादी हमला
सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा अतिवादी हमला भएको थियो । एउटा कन्सर्टमा भएको हमलामा १३० जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया ९आइएसआइएस० ले लिएको थियो ।
स्वीडेन युरोपेली युनियनमा आबद्ध हुने पक्षमा मतदान
सन् १९९४ मा स्वीडेनले युरोपेली युनियनमा आबद्ध हुने निस्कर्ष निकालेको थियो । इयुको सदस्य हुने वा नहुने भन्ने विषयमा १३ नोभेम्बरमा भएको जनमत संग्रहमा ५० प्रतिशले पक्षमा मतदान गरेका थिए । स्वीडेन औपचारिक रुपमा सन् १९९५ को १ जनवरीमा ईयुमा आबद्ध भएको थियो ।
२५ हजारको मृत्यु भएको ज्वालामुखी बिस्फोट
सन् १९८५ मा कोलम्बियामा भीषण ज्वालामुखी बिस्फोट भएको थियो । ज्वालाखी बिस्फोटपछि आर्मेरो सहर नै बगाएको थियो । ज्वालामुखी बिस्फोटमा कम्तिमा २५ हजारको मृत्यु भएको थियो । आर्मेरोमा भएको सो ज्वालामुखी बिस्फोट २० औं शताब्दीकै भयानक विपद् मानिएको छ ।
भेनेजुएलाका राष्ट्रपतिको हत्या
सन् १९५० मा भेनेजुएलाका तत्कालिन राष्ट्रपति तथा सेना प्रमुखको अपहरणपछि हत्या भएको थियो । राफेन सिमन उरबिनाले नेतृत्व गरेको विद्रोहीहरुले सेना प्रमुख कार्लोस डेलगाडोको अपहरणपछि हत्या गरेका थिए ।
लन्डनमा ब्लडी सन्डे
सन् १८८७ मा बेलायतमा गरीब तथा बेरोजागरले गरेको एउटा प्रदर्शनले उग्र रुप लिएको थियो । ट्राफलागर स्क्वायरमा भएको सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा हिंसा मच्चिएको थियो । सन् १८८७ को १३ नोभेम्बरको आइतबार भएको सो प्रदर्शनमा ३ जना मजदुरको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...