इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १२ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
लेसोथोमा कु
सन् १९९० मा लेसोथोका तत्कालिन राजा मोसुजसु द्दितीयबिरुद्ध जस्टिन मेटसिंग लेखन्याले कु गरी सरकार नियन्त्रणमा लिएका थिए । केही महिनापछि भएको अर्को सैन्य कुमा लेखन्यालाई देश निकाला गरिएको थियो ।
जापानी सम्राट अकिहितोको सत्तारोहण
सन् १९९० मा जापानी सम्राट अकिहितो औपचारिक रुपमा राजगद्दीको उत्तराधिकारी भएका थिए । आफ्ना बाबु हिरोहितोको निधन भएको दुई बर्षपछि अकिहितो जापानको राजगद्दीको उत्तराधिकारी बनेका थिए ।
भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्स
भारतको भावी संविधानबारे बिचार विमर्श गर्न व्रिटीश सरकारले सन् १९३० मा पहिलो राउन्ड टेबल कन्फरेन्सको आयोजना गरेको थियो । सन् १९३० देखि १९३२ को अवधिमा व्रिटीश सरकारले तीन ओटा राउन्ड टेबल कन्फरेन्स गरेको थियो ।
पूर्वी टिमोरमा नरसंहार
सन् १९९१ मा इन्डोनेसियाली सेनाले पूर्वी टिमोरको डिलीस्थित सान्ता क्रुज चिहानमा गोली चलाउँदा पूर्वी टिमोरमा स्वतन्त्रता समर्थक प्रदर्शनकारीको मृत्यु भएको थियो । डिली नरसंहार भनिने सो हमलामा २५० जनाको मृत्यु भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...