इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३० अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
प्यालेस्टिनलाई मान्यता
सन २०१४ मा स्वीडेनले प्यालेस्टिनलाई मान्यता दिएको थियो । योसँगै स्वीडेन प्यालेस्टिनलाई मान्यता दिने पहिलो युरोपेली मुलुक बनेको थियो । यासेर अराफातले सन् १९८८ को १५ नोभेम्बर स्वतन्त्रत प्यालेस्टिन घोषणा गरेका थिए । त्यसको एक वर्षपछि राष्ट्रसंघले मान्यता दिएको थियो ।
युरोप र एशिया जोड्ने पुल
सन १९७३ मा इस्तानबुलमा पहिलो पटक बोस्फर पुल निर्माण सुरु गरिएको थियो । बेलायतका इन्जिनियरले डिजाइन गरेको यो पुलले एशिया र युरोपलाई जोड्छ ।
शक्तिशाली बिस्फोट
सन् १९६१ मा सोभियत युनियनले नोभाए जेमलाय टापुको आर्टिक सर्कलमा एउटा शक्तिशाली बम बिस्फोट गराएको थियो । ५७ मेगाटन आणविक शक्तिको सो आणविक १ हजार किलोमिटर पार गर्दै १३ हजार उचाईमाथि पुगेर बिस्फोट भएको थियो ।
युरोपमा क्रस–कन्ट्री उडान
सन् १९०८ मा फ्रान्सेली नागरिक हेनरी फारम्यानले युरोपेली मुलुकमा छोटो समयमा क्रसकन्ट्री उडान गरेर युरोपमा नयाँ रेकर्ड राखेका थिए । १४ माईल लामो सो उडान भर्न उनलाई २० मिनेट लागेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...