इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २८ अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति
सन् २००७ अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नान्डेज डि क्रिचर राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी सन् २०११ मा पनि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला
जर्मनीले सन् १९३८ मा पोल्यान्डका १७ हजार यहुदीलाई देश निकाला गरेर पोल्यान्ड पठाइदिएको थियो ।
हंगेरी स्वतन्त्र
सन् १९१८ मा चेकोस्लाभियाले हंगेरीबाट स्वतन्त्र पाएको थियो । मध्ययुरोपेली देश चेकोस्लाभिया सन् १७०० देखि हंगेरीको अधिनमा थियो । पहिलो विश्व युद्धको अन्त्यमा थोमस मर्सायकको नेतृत्वमा हंगेरीमा स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो । उनी सन् १९१८ को नोभेम्बरमा स्वतन्त्रत हंगेरीको राष्ट्रपति बनेका थिए ।
अमेरिकामा मदिरामा प्रतिबन्ध
सन् १९१९ मा अमेरिकी संसद कंग्रेसले मदिराको उत्पादन, बिक्री तथा ओसार पसारमा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । भोस्टिड एक्ट नामक सो कानून अनुसार औषधी र धार्मिक प्रयोजनका लागि बाहेक अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसार पसारलाई गैरकानून घोषित गरिएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...