तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २७ अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

आर्मेनियाको संसदमा गोली हानाहान

सन् १९९९ मा आर्मेनियाको संसदमा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठ जनाको मृत्यु भएको थियो । आक्रमणलगत्तै त्यहाँको सेनाले संसदलाई घेरा हालेर आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो ।

सोभियत संघबाट तुर्केमेनिस्तान स्वतन्त्र

मध्यएशियाली देश तुर्केमेनिस्तान सन् १९२५ देखि सोभियत संघको अधिनमा थियो । सन् १९९१ मा तुर्केमेनिस्तानले स्वतन्त्र भएको घोषणा गरेको थियो ।

न्युयोर्क सिटी सबवे सञ्चालन शुरू

सन् १९०२ मा अमेरिकाको सबैभन्दा पुरानो भूमिगत मार्गको ट्रान्जिट सिस्टमको निर्माण शुरू भएको थियो ।  यसको सञ्चालन आजकै दिनबाट भएको थियो । यो मार्ग विश्वकै सबैभन्दा पुरानो र सर्वाधिक प्रयोग गरिएको ट्रान्जिट सिस्टम मानिन्छ ।

फिलाडेल्फिया सहर स्थापना

सन् १६८२ मा फिलाडेल्फिया सहर स्थापना भएको थियो । यस एतिहासिक सहरको स्थापना ब्रिटिश व्यवसायी विलियम पेनले गरेका थिए । बेलायतका राजा चाल्स द्धितीयले पेनका बाबुलाई ठूलो रकम तिर्न बाँकी थियो । रकमको सट्टा चाल्सले पेनका छोरालाई जग्गा नै दिएका थिए । यो सहर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार