इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २६ अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
सन् १९८४ मा आजकै दिन अर्थात् २६ अक्टोबरमा अमेरिकामा मान्छेमा लंगुरको मुटु मान्छेमा प्रत्यारोपण गरिएको थियो ।
बेबी फेई नाम गरेकी बालिकामा लंगुरको मुटु प्रत्यारोप गरिएकाे हाे । १४ अक्टोबरमा जन्मिएकी ती बालिका मुटुसँग सम्बन्धित दुर्लभ समस्याबाट पीडित थिइन् । उनकाे मुटुकाे आधा भाग विकसित भएकाे थिएन । यस्ताेमा बालिका २ हप्ता मात्रै जीवित रहने सम्भावना थियाे ।
शल्यक्रिया सफल भए पनि बालिकाको शरीरले प्रत्यारोपण गरेको मुटु अस्वीकार गरेपछि प्रत्यारोपणको केही सातापछि उनको मृत्यु भएको थियो । यो प्रत्यारोपण क्यालिफोर्नियाको लोमा लिन्डा विश्वविद्यालयमाको मेडिकल सेन्टरमा डा. लियोनार्ड एल बैलीले गरेका थिए । बैलीले आफ्नाे अनुसन्धानकाे क्रममा भेडा, बाख् र लंगुरकाे मुटुकाे बीच मुटु प्रत्याराेपण गरेका थिए ।
वास्तवमा प्रत्यारोपण एक चिकित्सकीय प्रक्रिया हो । यसमा एउटा मान्छेको शरीरबाट अंग हटाएर अर्को मान्छेको शरीरमा प्रत्यारोपण गर्ने गरिन्छ । जनावरबाट मान्छेमा पहिलाेपटक मुटुकाे प्रत्याराेपण भने १९६४ मा गरिएकाे थियाे । तर, साे प्रत्याराेपण असफल भएकाे थियाे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...