इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २४ अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
संयुक्त राष्ट्र एक अन्तर्राष्ट्रीय संगठन हो । यसकाे उद्देश्य अन्तर्राष्ट्रिय कानून, सुरक्षा, आर्थिक विकास, सामाजिक प्रगति, र मानव अधिकारकाे रक्षा गर्नु हाे ।
१९४५ को २४ अक्टोबर अर्थात् आजकै दिन पाँच स्थायी सदस्य र ४६ सदस्य राष्ट्रले राष्ट्रसंघको चार्टर अनुमोदन गरेपछि राष्ट्रसंघको विधिवत स्थापना भएको थियो ।
संयुक्त राष्ट्रभन्दा पहिले राष्ट्रहरूको लीग विश्व राष्ट्रहरूका बीच शान्ति र सहयोग सुनिश्चित गर्नको लागि जिम्मेवार अन्तर्राष्ट्रिय संगठन थियो ।
संयुक्त राष्ट्रमा अहिले १९३ सदस्य राष्ट्रहरू रहेका छन् । संघकाे मुख्य मुख्यालय अमेरिकास्थित न्यूयाेर्कमा अवस्थित छ ।
राष्ट्रहरूबीच समन्वय गर्दै कुशलतापूर्वक सहयोग गर्ने तथा अन्य जटिल कार्यलाई सम्हाल्ने कार्यका लागि, संयुक्त राष्ट्रलाई ६ शाखाहरूमा विभाजित गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...