तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २३ अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

पेलकाे जन्मदिन

३ अक्टोबर १९४० अर्थात् आजकै दिन महान फुटबरलर इडसन आरेन्टेस डो नासिमेन्टोकाे जन्म भएकाे थियाे । संसारभर उनलाई उनका फ्यानहरूले पेले नामबाट चिन्दछन् । उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा भएकाे थियाे ।  पेलेलाई उनकाे खेल जीवनमा 'फुटबलका बादशाह' भनेर समेत चिनिन्थ्यो ।

अन्तर्राष्ट्रिय ओलिम्पिक समितिद्वारा उनी 'शताब्दी खेलाडी'काे उपाधिबाट सम्मानित छन् । फुटबलमा उनको उपलब्धि र योगदानका कारण ब्राजिलमा पेलेलाई राष्ट्रिय नायकका रूपमा लिई ब्राजिलकाे सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ ।

त्यस्तै, फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदूत नियुक्त गरेको छ ।

अभावग्रस्त बचपन बिताएका पेलेले नाङ्गाे खुट्टाले झुम्राको बल खेली फुटबलप्रतिकाे समर्पण दर्शाए । उनी अभाव र समस्यामा पनि प्रतिभाकाे प्रस्फुटन हुन सक्दछ भन्ने कुराका मिसाल समेत हुन् । १६ वर्षकाे उमेरमै ब्राजिलको राष्ट्रिय टोलीमा परेका पेले १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी समेत बने ।

सन् १९५८ को विश्वकपपछि उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेले भनेर चिनिए । ब्राजिलियन (पोर्चुगली) भाषामा नाङ्गो खुट्टाले फुटबल खेल्नुलाई पेलेदास भनिन्छ । साेही अनुसार उनकाे दुखद र संघर्षपूर्ण बाल्यकालकाे स्मरणमा उनका फ्यानहरूले सम्मानपूर्वक 'पेले' नामले सम्बाेधन गरे । 

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए ।

सन् १९५८, १९६२ र १९७० तीनपटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । पेलेको सन्न्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार