तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २० अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

भारत र पाकिस्तान बीचको पहिलो युद्ध सन् १९४७ अक्टोबर २० देखि अर्थात् आजकै दिनबाट शुरू भएको थियो । युद्धको कारण थियो – कश्मिर । जम्मु–कश्मिरका राजा हरि सिंहले आफ्नो राज्य भारत वा पाकिस्तान कतैतिर पनि विलय नहुने बताएका थिए । तर, भारत औपचारिक रूपमा दुई भागमा विभाजन भएपछि कश्मिरमा रहेका कबायलियहरू राजविरुद्ध विद्राह शुरू गरे । उनीहरू पाकिस्तान समर्थित भएका कारण राजा हरि सिंहले कश्मिर औपचारिक रूपमा भारतको हिस्सा रहने घोषणा गरे । 

फलस्वरूप भारतीय सेना सुरक्षार्थ भन्दै कश्मिरमा उत्रियो । कश्मिरकाे अधिपत्यका लागि पाकिस्तानी सेनाले पनि कमान समाल्याे र दुई सेनाबीच युद्ध शुरू भयाे । १९४७ अक्टाेबरबाट शुरू भएकाे इण्डाे-पाक युद्ध १९४९ काे द्विपक्षीय शान्ति सम्झाैतासँगै अन्त्य भयाे । याे युद्धमा १५ सय भन्दा बढी भारतीय सेनाले ज्यान गुमाए भने झण्डै ३५ सय जना घाइते भए । त्यस्तै पाकिस्तानतर्फ ६ हजार बढी सेनाकाे ज्यान गयाे भने १४ हजार घाइते भए । युद्धपछि कश्मिरकाे दुई तिहाइ भागमा भारतले कब्जा जमायाे भने १ भागमा पाकिस्तानकाे कब्जा भयाे । 

अहिले भारत स्वशासित कश्मिरमा अलगाबवादी कश्मिरीहरूले भारतीय पक्ष कश्मिरबाट हट्नुपर्ने भन्दै विद्राेह गरिरहेका छन् भने भारतले उनीहरू पाकिस्तान समर्थित रहेकाे भन्दै विद्राेह दबाउने काेसिस गरिरहेकाे छ ।

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार