इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १८ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
रूसबाट अमेरिकाले किन्यो अलास्का
अमेरिकाको हाल स्वामित्वमा रहेको अलस्का कुनै बेला रसियाली भूमि थियो । सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो । आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो । तर, अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन् । सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो ।
वेनेजिर भुट्टो स्वदेश फिर्ता
आठ वर्षको लन्डन र दुबई निर्वासनपछि सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन् । स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनाबी ह्यालीमा भुट्टोको हत्या भएको थियो । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन् ।
पाइपलाई बिस्फोटमा २०० को मृत्यु
नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाइपलाइनमा ठूलो बिस्फोट भएको थियो । लागोस्थित पाइपलाइनमा भएको सो बिस्फोटमा २०० जनाको मृत्यु भएको थियो । बिस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो ।
प्युरटो रिको अमेरिकाको अधिनमा
स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो । सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...