तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १४ अक्टोबरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

सन् १९६४ अक्टोबर १४ अर्थात् आजकै दिन डा. मार्टिन लुथर किङ जूनियरले मात्र ३५ वर्षको उमेरमा नोबेर शान्ति पुरस्कार पाए ।

उनले अमेरिकी समाजमा रहेको रंगभेदविरुद्ध अहिंसात्मक आन्दोलन चलाएका थिए । अमेरिकी राज्य जर्जियामा जन्मिएका किङ सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति समेत हुन पुगे ।

मार्टिन लुथर किङ जूनियरको जन्म सन् १९२९ मा जर्जियाको राजधानी सहर  अटलान्टामा भएको थियो । किङले धर्मशास्त्रमा डक्टरेटको डिग्री हासिल गरेका थिए । 

सन् १९५५ मा उनले समान नागरिक अधिकार आन्दोलनको पहिलो ठूलो प्रदर्शन गरे । महात्मा गान्धीबाट प्रभावित उनको यो आन्दोलन अहिंसात्मक थियो । जसलाई ‘मन्टगोमेरी बस बायकट’का नामले समेत चिनिन्छ । किङले रंगभेदविरुद्ध अहिंस्रक सविनय अवज्ञा आन्दोलनको वकालत गरे पनि कैयौँ ठाउँमा उनको आन्दोलनले हिंसाको सामना गर्नुपर्यो । यसको बावजूद पनि किङ आन्दोलन कटिबद्ध भइरहे । 

किङलाई रंगभेदी अभियान्ताका अलावा मुखर वक्ताका रूपमा समेत चिनिन्छ । उनले सबै इसाइ र प्रमुख मानिने अमेरिकी नागरिकहरूलाई अश्वेत जातिका नागरिकहरूसँग हुने रंगभेदी व्यवहारविरुद्धको आन्दोलनसँग जोडिन सार्वजनिक अपिल गरे । उनको यो आग्रहपछि अमेरिकाको तत्कालीन केन्द्रीय सरकार र अनेकौँ अश्वेत अमेरिकीहरू उनको आन्दोलनमा होमिए । सन् १९९३ मा वासिंगटनमा उनले ठूलो र्यालीको नेतृत्व गर्दै गरेको भाषण इतिहासमा सधैँका लागि अंकित छ । किङले सो भाषणमा भनेका थिए, ‘आइ ह्याव अ ड्रिम’ ।

यस आन्दोलनको असरस्वरूप अमेरिकी कानुनहरूमा व्यापक सुधार भयो । पोल टेक्स र नागरिक अधिकार कानूनहरूलाई नस्लीय भेदभाव मुक्त गर्ने दिशातिर अग्रसर ती कानुनहरू नश्लीय विभेद अन्त्य गर्ने दिशामा महत्वपूर्ण सावित भए ।

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार