तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १३ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

सन् १८८४ मा आजकै दिन ग्रीनविच मीन टाइमको निर्धारण गरिएको थियो । यो निर्धारण दुनियाँको मानक समयका रूपमा गरिएको हो । ग्रीनविच दक्षिण पूर्वी लण्डनको एक भागको नाम हो । 

ग्रीनविच मीन टाइमको अर्थ रोयल अब्जर्वेटरी लण्डनको सोलर टाइम भन्ने हुन्छ । यसपछि यो समयलाई वैश्विक रूपमा मान्यता समेत दिइएको थियो । उसो त यो पनि कर्डिनेटेड यूनिभर्सल टाइम (यूटीसी) जस्तै हो, तर जीएमटीलाई अधिकतर ब्रिटिश संस्थाहरूले मात्रै प्रयोग गर्दथे ।

यसलाई आज पनि ब्रिटेन सहित कयौँ कमनवेल्थका देशहरूमा प्रयोग गर्ने गरिन्छ ।

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार