इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ९ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
प्रसिद्ध सोसलिस्ट क्रान्तिकारी नेता चे ग्वेराको ३९ वर्षको उमेरमा बोलिभियाको सेनाले हत्या गर्यो । अमेरिकाको समर्थन प्राप्त बोलिभियाको सेनाले ८ अक्टोबरमा ग्वेरालाई पक्राउ गरेको थियो । पक्राउ गरेको अर्को दिन अर्थात ९ अक्टोबरमा ग्वेराको हत्या गरी उनलाई अज्ञातस्थलमा अन्तेष्टी गरिदियो । पछि १९९७ मा उनको शरीरका अवशेषहरू फेला परे र तिनलाई क्युवा पठाइयो । प्राप्त अवशेषहरूको क्युवाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्त्रोले हजारौँ क्युवाली जनताको उपस्थितिमा अन्तिम संस्कार गरे ।
अर्नेस्टो राफाएल ग्वेरा दे ला सेर्नाको जन्म १९२८ मा अर्जेन्टिनाको एउटा समृद्ध परिवारमा भएको थियो ।
अमेरिकामा मेडिकल साइन्सका विद्यार्थी रहेका ग्वेराको भेट क्यास्त्रोसँग भएपछि उनैसँग मिलेर क्युबाका तत्कालीन तानाशाह बातिस्तालाई हटाउन क्रान्ति गरे । सन् १९५९ मा बातिस्ताको सत्ताच्यूत भएपछि उनी क्यास्त्रो सरकारमा मन्त्री समेत भए ।
ग्वेरा ल्याटिन अमेरिकामा संयुक्त राष्ट्र अमेरिकी प्रभुत्वको शख्त विरोधी थिए । सामाजिक अन्याय र असमानतासँग लड्नका लागि सर्वहारा वर्गको क्रान्तिका प्रतीक मानिने ग्वेराले क्युवामा उनको सरकार हटेपछि १९६५ मा देश छोडे । देश छोडेर अफ्रिका हुँदै बोलिभिया पुगेका बेला उनको हत्या भएको थियो । उनको मृत्युपछि दुनियाँभरिमा उनलाई पुँजीवादविरुद्धका सशक्त क्रान्तिकारी नायकका रूपमा सम्मान गरिन्छ ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...