तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ८ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः

मुन्सी प्रेमचन्दकाे निधन

प्रेमचन्दको वास्तविक नाम धनपत राय थियो । उनको जन्म ३१ जुलाई १८८० मा बनारसबाट चार माइल टाढा लमहीमा भएको थियो । सानैमा आमाको निधन भएपछि दिदीको साहारामा उनको लालनपालन भयो । सानैमा अर्थात् १६ वर्षकै उमेरमा उनको विवाह भयो । बिहेपछि उनी आख्यान लेखनमा जमे । कालान्तरमा उनको सम्बन्धविच्छेद भयो । त्यसपछि उनले एउटा बालविधुवासँग बिहे गरे ।  

उनले आफ्नो जीवनकालमा झण्डै ३ हजार कथा तथा १४ उपन्यासहरू लेखे । लेखनमा जमेका प्रेमचन्द सन् १९३५ मा बिरामी परे । सन् १९३६ मा आजकै दिन अर्थात् ८ अक्टाेबरमा उनको देहान्त भयो । 



कलमका जादूगर मानिने मुन्सी प्रेमचन्दले हिन्दी साहित्यमा यथार्थवादी परम्पराको शुरूवात गरे । प्रेमचन्दले ुनिर्मलाु उपन्यासका माध्यमबाट एक मध्यमवर्गीय परिवारको जिन्दगीमा देखिएका उतारचढावलाई मिहीन रूपमा प्रस्तुत गरेका छन् । त्यस्तै उनका गोदान, गबन, सेवा सदन, प्रतिज्ञा, प्रेमाश्रय, प्रेमा, कायाकल्प, रङ्गभूमि, कर्मभूमि र मनोरमा जस्ता उपन्यासहरूमा समाजको यथार्थ झलक दिखाइएको छ । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार