बियोण्ड बेइजिङ्ग समितिकी निवर्तमान अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले मानवका लागि मानवले नै विकास गर्ने भएकाले दिगो विकासको लक्ष्यमा पुग्न मानव विकासलाई ध्यान दिनु पर्नेमा बताएकी छिन । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै उनले देशको सामाजिक, आर्थिक अवस्थाका कारण नेपालमा मानव विकासले त्यति गति लिन नसकेको बताइन ।

                 महिला मानव अधिकारकर्मीका क्षेत्रमा लामो समयदेखि वकालत गर्दै आइरहेकी उनले महिलाको विकासले समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन । उनले भौतिक विकासलाई मात्र विकासका रुपमा परिभाषित गर्न नसकिने भएकाले समग्रमा मानव विकास नहुदा सम्म त्यो दिगो विकास हुन नसक्ने दोहोर्याइन । श्रेष्ठले दिगो विकासका लागि नीति निर्माण तहमा राम्रो व्यवस्था गरिएको भएता पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गरिन ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार