नेपाल पिएचडी संघका संस्थापक अध्यक्ष डा. राजेन्द्र केसिले शिक्षाले देश विकासमा महत्वपूर्ण खेल्ने बताएका छन । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै उनले नीति फेर्दैमा शिक्षामा परिवर्तन नहुने बताए । उनले पञ्चायति व्यवस्थादेखि हालको संघीय नेपाल सम्मको अवस्थामा आइपुग्दा शिक्षा प्रणालीमा खासै परिवर्तन हुन नसक्नु दुःखद भएको बताए ।

                            उनले नेपालका हरेक प्रदेशको आवश्यकता, स्रोत र दक्षता अनुसारको विषय पढाइ हुने गरी त्यहाको भूगोल, समुदाय र जनताको चाहना अनुसार शिक्षाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाले कुनै पनि व्यक्तिमा आत्मविश्वास बढाउनु पर्ने बताए । लेखक समेत रहेका डा. केसिले राज्यको आवश्यकता अनुसार शैक्षिक गतिविधीलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले बाह्य विकसित राष्ट्रको पाठ्यक्रममा आधारित नभई नेपालको भूगोल अनुसारको व्यवहारिक शिक्षाको थालनी गर्नुपर्ने बताए ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार