गायक तथा सर्जक जनक कार्कीले मौलिकता झल्काउने किसिमका गीतलाई बढवा दिनु पर्ने बताएका छन् । द मार्जिन मिडियासँग कुराकानी गर्दै उनले चर्चा कमाउने बहानामा कला, संस्कृतिका नाममा विकृति फैलाउन खालका गीत बजारमा ल्याउन नहुने धारणा राखे । खहरेको भेल एक छिनमा उर्लेर एकै छिनमा सुक्ने गरेको यथार्थतालाई सम्झदै उनले नेपाली समाजलाई पचाउन सक्ने खालका गीतहरु गाउनु पर्ने बताए ।

              लोक तथा दोहोरी गित प्रतिष्ठान अछाम शाखाका अध्यक्ष समेत रहेका गायक कार्कीले आफूले गीत मार्फत संस्कृति सँगसँगै जनचेतना पनि फैलाउने गरेको बताएका छन । उनले गीतका माध्यमद्धारा मनोरञ्जनका साथै गाउँ समाजमा सकारात्मक सन्देश दिन आवश्यक रहेको औँल्याए । उनले कलाकारहरुलाई आवश्यक परेको बेला प्रयोग मात्र नगरी उनीहरुको संरक्षणमा पनि ध्यान दिनु पर्नेमा जोड दिए ।

            गायक कार्कीले स्थानिय स्तरमा आयोजना गरिने विभिन्न मेला महोत्सवमा सोहि ठाउँबाट प्रतिनिधित्व गर्ने कलाकारलाई स्थान दिन हिच्किचाउने गलत परम्पराको अन्त्य गर्नुपर्ने बताए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार