गायक सन्तोष बस्नेतले फूलमाया बोलको म्युजिक भिडीयो सार्वजनिक गरेका छन । बस्नेतले आफ्नै युटुब च्यानल मार्फत शुक्रबार दर्शकहरु माझ उक्त गित ल्याएका हुन । सन्तोषको शब्द, संगीत र स्वर रहेको फूलमायाको म्युजिक भिडीयोमा सन्तोष के.सी., श्रृष्टि भट्टराई र पे्रम प्रकाश के.सी रिजालको अभिनय रहेको छ ।

                    भिडीयोको दीपेन बस्नेतले छायांकन तथा सम्पादन गरेका हुन । फूलमायालाई प्रज्ञा साउन्ड एचडिमा रेकर्डिङ्ग गरिएको थियो । गितको बीच बीचमा राखिएको वार्तालापले म्युजिक भिडीयो अझै आकर्षित भएको छ । गायक तथा निर्देशक बस्नेतले गितलाई माया गरी दिनका लागि दर्शक तथा शुभ चिन्तकहरुलाई आग्रह पनि गरेका छन । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार