बित्तीय पहुँच बढे पछि नेपालको कुनाकाप्चामा पैसा पुग्यो । डा. चिरञ्जीवि नेपाल पूर्व गर्भनर, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डाक्टर चिरञ्जीवि नेपालले नेपालमा वित्तीय पहुँच वृद्धि हुदा गाउँ गाउँ सम्म पैसा पुगेको बताएका छन । देशभरका स्थानिय तहमा समेत वित्तीय संस्थाहरुका शाखाहरु विस्तार हुने क्रम तीव्र भएका कारण वीत्तीय क्षेत्रमा सर्वसाधारणको पहुँच वृद्धि हुनु राम्रो पक्ष भएको बताए । द मार्जिन मिडियाको प्रस्तुती द म्यानेजमेन्ट टकमा कुराकानी गर्दै उनले आफूले राष्ट्र बैंकमा काम गर्दा ३५ प्रतिशत जनताको पहुँच बैंकिङ्खं क्षेत्रमा रहेको तथ्य सुनाए ।

            विगतको तुलनामा वित्तीय क्षेत्रमा स्थानियहरुको पहुँच बढ्दा आर्थिक गतिविधी समेत सक्रिय हुने भएकाले यसले गरिबी न्यूनिकरणमा पनि सहयोग पुग्ने उनले बताए । तर सर्वसाधारणमा बैंकले आवश्यक परेको बेला तुरुन्तै आर्थिक भुक्तानी गर्छ भन्ने विश्वास अझै कायम हुन नसकेको बताए । अर्थशास्त्री समेत रहेका नेपालले देशको आर्थिक वृद्धिका लागि उद्योगधन्दा सञ्चालनमा ल्याउनु आवश्यक रहेकोमा जोड दिए । उनले नेपालको पर्यटन क्षेत्र नै स्थानियहरुको आर्थिक उपार्जनको उत्कृष्ट आम्दानीको स्रोत भएको बताए । उनले अगाडि थपे पर्यटन क्षेत्र यस्तो हो, जसले सामान्य सर्वसाधारण देखि समग्रमा देशको आयमा निकै फाइदा पुग्छ, त्यसैले सरकारले पर्यटन क्षेत्रलाई अझै व्यापक बनाउनु पर्छ ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार