प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

१६ जनवरी २०१७ का दिन । एउटा विशेष कार्यक्रमका शिलशिलामा भारतको डुअर्समा थियौं । स्थानीय साथीहरूको आग्रहमा भूटान र इन्डियाको बोर्डरमा पुग्यौं । सुरक्षाको लागि अत्यन्तै सम्वेदनशिल क्षेत्र थियो त्यो । यसमा दुई पात्रहरू छन् । एक सुरेश कुमार क्षेत्री (भारतीय नागरिक) जो नेपाली सांगीतिक आकासका प्रसिद्द गायक, संगीतकार, रचनाकार हुनुहुन्छ । दोस्रो दिलन समाल (हाल अमेरिकी नागरिक(पुर्व भूटानी) जो प्रतिभाशाली रङगकर्मी र फोटोग्राफर हुन् । दिलनले आफु काखमै छँदा आमाबाबासँगै भूटानबाट लखेटिए । शरणार्थी शिविरमा उनको हुर्काई, बढाई भयो । पछि तेस्रो देश लागे । आज संयोगले यो स्थानमा आइपुग्दा उनी भूटानी भूमिमा उभिएर फोटो खिच्दैछन् । इन्डियाको माटोमा उभिएर सुरेश दाइ उनको तस्वीर क्यामरामा कैद गर्दै हुनुहुन्छ । मैले पनि बोर्डर लाइनमा उभिएर दुवैको यो क्रियाकलापलाई कैद गर्न पाएँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...