प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

क हिमाली यात्राको क्रममा कास्कीको झिनु भन्ने गाउँको बाटोमा हिंडिरहेको थिएँ । अर्को दिशाबाट खच्चरको लस्कर आयो । खाना पकाउने ग्याँस सिलिन्डरको भारी बोकेर । म तीन छक्क परें । विकासको नाममा हामीले सारा वनजंगल, नदीनाला, सबै सबै उजाड बनाई सक्यौं । सभ्यता, आधुनिकता, सुविधाका नाममा आफ्नै घर, घुर्यानमा उपलब्ध रुख, दाउरालाई पनि उचित प्रयोगमा ल्याउन छाड्यौं । यो ठाउँ जहाँ स्थानीय वनबाट बर्षौंबर्षसम्म पुग्ने पर्याप्त दाउराहरू उपलब्ध हुनसक्छ । यहाँ पनि ग्याँसको सिलिन्डर आइपुग्नु यो पंक्तिकारलाई भने खुशीको कारण बन्न सकेन । आजको फोटोमा त्यही तस्वीरलाई राख्न चाहान्छु ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...