प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

बिना योजना यात्रामा निस्कँदा पनि मसँग क्यामरा चाहिँ साथमा रहन्छ । भलै आजभोलि मोवाइलकै क्यामरा किन नहोस् । मनखुशी रुखपात, बाटो, बतास, सन्नाटा, किरा फट्याङग्रा, चराचुरुङ्गीसँग उसै बरालिँदै हिंड्नुको मज्जा सायद भोग्नेलाई थाहा हुन्छ । कुनै कुरामा अर्थ नहोस् या जुनै कुरामा पनि अर्थ भेटियोस् । जे-जे आइपर्छ महसुस गर्दै हिंड्नुको मज्जा अर्कै हुन्छ । यस्तै यस्तै दिनको कुनै पल एउटा दृश्यले मेरो मन समात्यो । त्यसलाई तस्बीरमा कैद गरें । पूरानो रुख काटिएको/भाँचिएको/टुक्रिएको तर त्यहींबाट नयाँ हाँगा पलाएको । समस्यामा यो भन्दा ठूलो सम्भावनाको अर्थ दिने कुन फोटो होला । मैले क्लिक गरें । फेरि पनि भन्छु यो संसार बाँच्नका लागि हिम्मत गर्नेहरूको हो । र यो फोटो तँपाई जस्तो हिम्मत लिएर अघि बढ्नेहरूको सम्मान मा हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...