काठमाडौँ – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद् पीडितका नाममा चन्दा वा राहत संकलन गर्नेलाई कडा कारबाही गर्ने बताएको छ ।
कार्यालयले विपद् पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न निर्देशन दिँदै एक विज्ञप्ति निकालेको हो । प्रशासनले विज्ञप्तिमा चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने उल्लेख छ ।
उक्त कार्य गर्नेलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्थातर्फ प्रशासनले ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...