उदयपुर - उदयपुरको कटारी नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाले उपप्रमुख भीमकुमारी राउतको नेतृत्वमा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बालविवाह न्यूनीकरणसम्बन्धी स्टिकर वितरण गर्ने अभियान सुरु गरिएको हो ।

इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा उपप्रमुख राउतले नगर क्षेत्रको माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सचेतनामूलक स्टिकर वितरण गरेकी थिइन् । नगरभित्र बालविवाहको दरमा कमी नआएपछि अभियानकै रूपमा नमुना कामको सुरुवात गरेको उपप्रमुख राउतले बताइन् ।

बालबिवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमअन्तर्गत पहिलो चरणमा विद्यार्थीहरूलाई स्टिकर वितरण तथा सचेतनामूलक पर्चा टाँस गर्ने कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । उपप्रमुख राउतका अनुसार सार्वजाक स्थानमा होडिङ बोर्ड निर्माण गर्ने तथा अन्य कार्यक्रम सञ्चालन गरिने छ । नगरपालिकाको १४ वटै वडामा अभियान चलाइने योजना रहेको उनले जानकारी दिइन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...