प्रहरीको आँखा छल्दै व्यापार मारमा उपभोक्ता
प्रहरीको आँखा छल्दै व्यापार मारमा उपभोक्ता
मुगु - नेपाल लगायत विश्वमा यतिबेला कोरानाको कहर छ । कर्णाली प्रदेशको मुगु जिल्लामा कोरनाको कहर हो कि नागरिकको रहर हो बुझ्न सकिएको छैन ।
देश तथा विदेशमा नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोराना भाइरस कोभिड- १९ का कारण नागरिक त्रासमा छन् । तर, मुगुका भने नागरिकहरूले कोराना भाइरसलाई हेलचक्र्याइँ गदै हाँसोमा उडाएका छन् भने व्यापारीहरूले प्रहरीको आखाँ छल्दै व्यापार गरिरहेका छन् ।
निषेधाज्ञा अवधिभर बिहान ९ बजे देखि ११ बजेसम्म खाद्यान्न पसल खाेल्ने कोभिड संकट व्यवस्थापनकाे निर्णय भएको छ । तर, अन्य समय दिनभर पनि व्यापार भएको पाइन्छ । प्रहरीको तार्गेट पसल बन्द गराउने भएपनि पसलेको काम प्रहरीको आँखा छल्दै व्यापार कसरी गर्ने भन्नेतिर ध्यान गएको र साेही अनुरूप व्यापार गरेका पाइन्छन् ।
व्यापार व्यवसाय चलेकाे भएपनि सर्वसाधारणले भने बजारमा दैनिक उपभोग्य वस्तुको कालोबजारी भएको गुनासो गरेका छन् तर सरोकारवाला निकाय मौन छन ।
जिल्लाका चारवटा स्थानीय तहमा लागू हुने गरी निषेधाज्ञा थप गरी जेठ ३१ सम्म लम्ब्याइएको भएपनि नागरिकले त्यसकाे वास्ता नगरी बजार क्षेत्र तथा गाउँघरमा छाडा हिँडडुल गर्ने गरेका छन् । अझ भनौँ कोराना संक्रमित व्यक्ति समेत खुलेआम हिँडडुल गर्नाले कोराना भाइरसको सक्रमण नियन्त्रण हुनुको साटाे बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मी चिन्तामा छन् । कोरना भाइरसका बारेमा पछिल्लो समय सबै नागरिक जानकार छन् । विभिन्न सञ्चार माध्यम मोबाइल फोन रेडियो, अनलाइन लगायतका माध्यमबाट कोराना भाइरस एक डरलाग्दो रोग हो । यसबाट बच्न निम्न उपाय अपनाउनु पर्छ । कोरानाको संक्रमण भए यस्तो गर्नु पर्छ, उस्तो गर्नुपर्छ भन्ने सबै थाहा पाएका छन् ।
जिल्लामा कोरान भाइरसको संक्रमण नफैलियोस् भनेर जिल्ला कोभिड संकट व्यवस्थापनले गरेको निषेधाज्ञा अर्थहीन निषेधाज्ञा भएको छ । निषेधाज्ञा जेठ ३१ गते सम्म लम्बाइएको भएपनि यसको अर्थ छैन । बजार क्षेत्रमा योजनाका काम लिएर गाउँबाट आउने नागरिकको घुइँचो छ । बजार क्षेत्रमा प्रहरीले पनि विना माक्स हिँडडुल गर्न नदिएको भएपनि गाउँतिर विना माक्स नागरिक खुलेआम हिँडडुल गर्ने गरेका छन् । बैंकहरूमा नागरिकको भिडभाड धेरै छ ।
यता छायाँनाथ रारा नगरपालिकाले कोराना सचेतना रेडियो कार्यक्रम कुडा कोरानका सञ्चालन गरेर हरेक दिन रेडियोको माध्यम बाट कोरानाबाट बच्ने उपायाका बारेमा जानकारी दिनुका साथै गाउँगाउँमा माइकिगं गर्दै वडा अध्यक्षले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन ।
बच्ने उपायका बारेमा जानकार भएका भएपनि बुझेर बुझ पचाउने नेपाली उखान यति बेला कोरानाको कहरसँगै रहरमा लागू भएको पाइन्छ । हरेक नागरिक बिहान उठेदेखि राति नसुतुन्जेल र चिया पसल पानी पधेरा, चौतारामा कोरानाकै कुरा छ ।
सबैजना आ-आफ्नै तर्क गर्ने गर्दछन् । कसैले यो कोराना रुघाखोकी हो । लाग्छ सन्चो हुन्छ भन्छन् त कसैले यो रोग डरलाग्दो छ दिनप्रतिदिन मान्छे मर्ने गरेका छन सर्तक हुनु पर्ने बताउछन् । वास्तवमा यो रोग डर लाग्दो छ । सबै सचेत हुनुपर्ने खण्डमा हेलचक्र्याइँ गदै हाँसोमा उडाउने गर्नुले नागरिक आफैँमा समस्या निम्ताउनु हो भन्नु हुन्छ नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल । मुगुमा २ जनाको कोराना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने लगभग ४ सय जनामा कोराना भाइरसको संक्रमण भएको छ । यो समस्या न बढ्ला भन्न सकिन्न । त्यसैले हरेक नागरिक सचेत भएर लाग्नु पर्ने ठाउँमा मुगुका नागरिकमा त्यस्तो देखिँदैन ।
समूह बनाएर खोलामा माछा मार्ने कामदेखि जुवा तासमा मस्त हुने तर कुडा कोरानाकै गर्ने हाँसोमा उडाने व्यवहार कोरानाले विकराल रूप लिन सक्ने जानकाहरू बताउछन् ।
छायाँनाथ रारा नगरपालिका लगायत अन्य गाउँपालिकाले एन्टीजिन निःशुल्क परीक्षण गाउँगाउँ र कार्यालयमा गरेका भएपनि नागरिक कोराना देखाउँछ कि भन्ने डरले चेकजाँच गर्न पछि हट्ने र स्वास्थ्य परीक्षण गर्न डराउने गरेका छन् । गाउँगाउँमा ज्वरो खोकी र पखाला लाग्ने बिरामी बढ्दै गएका छन् । उनीहरूले एन्टीजिन परीक्षण नगरेर जडीबुटी सेवन गर्ने गरेका छायाँनाथ रारा नगरपालिका स्थानीय बताउछन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...