हुम्ला - हुम्लामा चिसोबढेसँगै भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँशीतर्फ झार्न थालिएको हो ।
सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखिली,अदानचुली र ताँजकोट गाउँपालिका भेडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन् ।
२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु परेको हुम्ला जिल्लाका भेडापालकको चिसो बढेकाले मंसिरदेखि बेँशीतिर झर्न थालेका भेडा पालक सिमकोट गाउँपालिका-२ ठेहेका कालु बोहराले बताए ।
भेडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेँशी झरेको नाम्खा गाउँपालिकाका भेडापालक छेउकु तामाङले बताए ।
'पाटनमा चिसोले सताउदा सुक्खा चरीचरण क्षेत्र सकिँदैछ, पशुवस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ । चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो । उनी जस्तै हुलाका अधिकांश भेडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।'
लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए । हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले लेकमा राखेका भेडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।
उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन । त्यसैले गर्मी बढेपछि बेँशीबाट लेकतिर र हिउँदमा बेँशीतर्फ झार्नुपरेकाे बाेहराले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...