अछाम - अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ । सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ ।
मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि व्यवहारमा रूपान्तरण गरी जीविकोपार्जन तथा व्यवसायीक हिसावमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताइन् ।
साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कारागारलाई बन्दी जिवनका रूपमा नलिइ सुधार गृहका रूपमा लिनुपर्नुमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले कानुनको पालना गर्दै कारागारभित्रै सिपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनर्स्थापना हुन सहज हुने बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...