जुम्ला - जुम्लाको कनकासुन्दरी र चन्दननाथ गाउँपालिकाका पाँच सय ५५ व्यक्तिलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण प्रभावित भएका २ सय ४९  जना अपाङ्गता भएका व्यक्ति र विपन्न नागरिकलाई  गरी पाँच सय ५५ जनालाई राहत वितरण गरिएको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले जानकारी दिएको छ ।

सहायता कार्यक्रम अन्तर्गत करिब ६ महिना पुग्ने खाद्यन्न वितरण गरिएको केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए  । जसमा चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...