पाँचथर - सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

बसमा ६४ जना यात्रु सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ । त्यस्तै, अन्त १० जनालाई रेफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, अन्यकाे पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भइरहेको स्थानीय पत्रकार सन्देश सुब्बाले बताएका छन् ।

बस सिबाखोलाबाट यात्रु लिएर फिदिम आउँदै गर्दा  दुर्घटनामा परेको जिल्ला प्रहरि कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...