पाँचथर – कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको सिमाना सिवादोभानबाट यात्रु लिएर सदरमुकामतर्फ आउदै गरेको बस सोमबार बिहान दुर्घटना भएको छ ।

फिदिम–यासोक सडक खण्डको सखरखण्डेमा को १ ख ३८६५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । केहीको मृत्यु भएको बताइए पनि प्रहरीले आधिकारिक रूपमा जानकारी गराइसकेको छैन ।

बसमा ६४ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेहरूको फिदिमस्थित जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि जिल्लाबाहिर पठाउने तयारी गरिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...