काठमाडौँ – अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०१ पुगेको छ । 

नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो । मृतकमा १ नम्बर प्रदेशका ६० जना, वाग्मती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् । 

यस्तै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । यसैगरी बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीपहिरोबाट १ हजार १ सय ७७  वटा घर परिवार विस्थापित भएका छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्दारको कार्य जारी रहेको पनि जनाएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...