काठमाडौँ – देशभर परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोका कारण विभिन्न ठाउँमा अहिलेसम्म ३१ जनाको ज्यान गएको छ ।

गृहमन्त्रालय अन्तर्गत रहेको विपद् व्यवस्थापन महाशाखाका अनुसार गत ३१ असोजदेखि विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण आएको बाढी र विभिन्न विपद्मा परेर अहिलेसम्म ३१ जनाको मृत्यु भएको हो ।

वर्षापछि आएको विपद्का कारण ४३ बेपत्ता भएका छन्, १७ जना घाइते भएका छन् र ४०० जना विस्तापित भएको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मृतक मध्येका २२ जना प्रदेश १ का छन् । दसैँको भोलिपल्ट देखि नै देशभरका विभिन्न स्थानहरूमा लगातार वर्षा भईरहेको छ । वर्षाका कारण देशको सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू ढुवानमा परेको छ ।

आज भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू-भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...