काठमाडाैँ - दसैँ नजिकिँदै जाँदा काठमाडाैँमा भेडा, च्याङ्ग्रा तथा खसी भित्र्याउने क्रम पनि बढ्दै गएकाे छ । सरकारले आजबाट सहुलियत खसीबोका बिक्री सुरु गरेसँगै निजी व्यवसायीहरूमा पनि बिक्री वितरणको उत्साह बढेको देखिएकाे छ ।



उपर मुस्ताङदेखि ३०० च्याङ्ग्रा ल्याई काठमाडाैँमा बिक्री गर्ने तयारीमा रहेका व्यवसायी दिनेश थापाले यसपटक भेडाच्याङ्ग्रा केही महँगाे भएकाे बताए । थापा भन्छन्, 'उपर मुस्ताङदेखि बेनीसम्म ५ दिन च्याङ्ग्रालाई हिँडाएर बेनी देखि गाडीमा ल्याउनु पर्छ । उपर मुस्ताङबाटै गाडीमा हाल्दा धेरै च्याङ्ग्रा मर्ने गर्छन्', बाबुको पेसालाई आत्मसात गरेका दिनेश भन्छन्, 'विगतका वर्षहरूमा भन्दा यसपालि च्याङ्ग्राको मूल्य निकै बढेको छ । यसपालि च्याङ्ग्राको मूल्य बढ्नुको मुख्य कारण चाइनाबाट आयात नभएकोले हाे ।' 



सिन्धुपाल्चोकबासी अर्का व्यापारी अनिश बस्नेत भन्छन्, '५०० च्याङ्ग्रा ल्याएको छु, नवमीसम्ममा सबै बिक्री भै सक्छन् ।' ३०-६० केजीसम्म पाइने यी च्याङ्ग्राहरू मुस्ताङमा नै प्रति च्याङ्ग्रा ३५/४० हजारसम्म पर्ने बस्नेतले बताए ।




सरकारले यसपालि खसी बोकाको मूल्य जिउँदोमा रु. ६५० तोकेको भएता पनि सहुलियत बजारमा छुट सहित रु. ६४० पर्ने बताएको छ । गत वर्ष रु. ५५० मा बिक्री भएको खसी बोकाको मूल्य यसपालि ६५० पुगेको हो । यता विगतका वर्षमा ८०० मा बिक्री हुने च्याङ्ग्राको मूल्य पनि यसपाली रु. १२०० प्रति केजी पर्ने भएको छ ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...