बैतडी - जुवातास खेल्न नमानेकाे भन्दै बैतडीमा एकजनामाथि कुटपिट भएको छ ।
जुवातास खेल्न नमानेकाे भन्दै बैतडीकाे डिलाशैनी गाउँपालिकाका वडा - १ का ५७ वर्षीय अकबर रानामाथि कुटपिट भएकाे हाे । उनलाई स्थानीय व्यापारी महावीर धामीले निर्घात कुटपिट गरेका हुन् ।
रातको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पीडित रानाका छोरा महेश रानाले बताए । रानालाई घरबाट जबरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरिएको उनले बताए ।
कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । घटनाका विषयमा प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरीचौकीमा बोलाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...