काठमाडाैँ - साइकललाई यात्राकाे स्वभाव बनाइ र त्यसलाई बढावा दिने र सहरबाट ट्राफिक जाम, धुँवाधुलाे लगायतका प्रदुषण कम गर्ने उद्देश्यले 'सेभ साइकल लेन' अभियान थालिने भएकाे छ । 

भाेलि शनिवार ललितपुर महानगरपालिकाकाे कार्यालयबाट शुरू हुने अभियान बिहान ७ः३० बाट शुरू हुनेछ । कार्यक्रम १० बजे सकिने साइकल अभियान्ता रत्न श्रेष्ठले जानकारी दिए ।

उपत्यकामा थुप्रिएका सवारी साधनहरूकाे चाप कम गर्न र प्रदुषणबाट सहरलाई जाेगाउन अभियान थालिएकाे उनले बताए । 

उनले हाम्रा सडककाे अवस्था जटिल र समस्यापूर्ण भएकाे बताउँदै साइकल अभियानलाई थप तदारुक बनाउन समेत अभियान थालिएकाे बताएका हुन् । साइकललाई समाधानकाे रूपमा हेरी साइकल स्ट्याण्ड बनाउने, लेनहरू सफासुग्घर राख्ने आदिको जनचेतनाका लागि समेत अभियान थालिएकाे उनकाे भनाइ छ । भाेलिकाे कार्यक्रममा लेन सरसफाइ गरिने छ ।  

ललितपुरका सडकमा निकै ठूलाे मिहेनत, संघर्ष र सामूहिक प्रयासबाट साइकल लेन बनाउन सफल भएकाे स्मरण गर्दै श्रेष्ठले अब लेनहरू जाेगाउनु चुनाैतीकाे विषय रहेकाे बताए । उनले लेनकाे बचाव र बिस्तारका लागि सबै साइकलप्रेमीहरूकाे सामूहिक प्रयासकाे आव्हानसमेत गरेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...