अछाम - अविरल वर्षासँगै आएको बाढीका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ छिपेखोला छेउछाउका विभिन्न स्थानमा क्षति पुगेको छ ।
बिहिबार राति परेको भारी वर्षापछि छिपेखोलामा आएको बाढीले स्थानियको करिब २० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट गरिदिएको हाे । बाढीले पाक्नै लागेको धानबाली पुरीदिएको हो ।
स्थानीय युवा राकेश थापाका अनुसार जीवन सुतारको १० रोपनी खेतमा बाढी पसेको छ । सुतारको खेतसंगै माछा पोखरीमा पनि बाढी पसेको छ । पोखरीमा बाढी पस्दा १५ सय माछा बगेका छन । उनले केही महिना अगाडि मात्र झण्डै ५ लाख रुपैयाँ खर्च गरी पोखरी निर्माण गरेका थिए । त्यसैगरी स्थानीय पदम सेट्टीको ४ रोपनी, गोविन्द ठकुल्लाको ४ रोपनी, चक्र ठकुल्लाको १ रोपनी खेतमा पनि बाढी पसेको छ ।
दुःख गरेर लगाएको धानीबाली एकछिनको बाढीले बगाइदिएपछि किसानहरू भने चिन्तित भएका छन् । उनीहरूले राहतका लागि समेत स्थानीय सरकारलाई आग्रह गरेका छन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...