बुटवल — प्रदेश-५ स्थित रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) पक्राउ परेका छन् । उनी जबरजस्ती करणी आरोपमा पकाउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै स्थानीय ३० वर्षीया महिलाले आज (बिहीबार) उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।

उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।शुक्लामाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...