काठमाडौँ - भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
जनअधिकार अभियानले सार्वजनिक गरेकाे प्रतिवेदनले दार्चुला घटनाबारे यस्ताे निष्कर्ष निकालेकाे हाे । नेपालले घटनास्थलमा पुगी घटनाको अध्ययन गरेको हो ।
अभियानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ । एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
अभियानले साउन १५ गते भएको सो घटनाका सन्दर्भमा साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेर सरोकारवालासँग प्रत्यक्ष भेटघाट, छलफल तथा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।
यस्ताे छ प्रतिवेदनः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...