काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका पालिका अध्यक्ष उम्मेदवार बनेका विनोद चालिसे आफ्नो चुनावी प्रतिबद्धतासहित घरदैलो कार्यक्रम गरिरहेका छन् । स्थानीय स्तरमा समाजसेवीको रूपमा परिचय बनाएका चालिसेले राजनीतिलाई जनताको सेवाको रूपमा लिएका छन् ।

पछिल्लो समय नेपालका राजनीतिक दलहरूले यसैलाई कमाइ खाने भाँडो बनाएकोले राजनीति दिन प्रतिदिन बिग्रँदै गएको उनको बुझाइ छ । नेपाली काँग्रेस देशप्रति इमानदार र नैतिकता भएको पार्टी भएको उल्लेख गर्दै आसन्न स्थानीय निर्वाचनमा आफ्नो दलले धेरै स्थानमा जित्ने दाबी चालिसेको रहेको छ ।

वडा ११. कपनको स्थायी वासिन्दा चालिसेले ०४६ सालको जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका हुन् । जिल्ला क्षेत्र नं ४ को क्षेत्रीय समितिको सचिव, नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ४ प्रदेश ख समितिको सभापति हुँदै पछिल्लो महाधिवेशनमा बुढानिलकण्ठबाट महाधिवेशन प्रतिनिधि बनेका चालिसेको ०४८ सालमा भएको संसदीय निर्वाचन र ०४९ सालको स्थानीय निकायहरूको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन उल्लेखनीय भूमिका रहेको छ ।

‘राजनीतिमा शिक्षित तथा युवा’ भन्ने विषय नेपालमा पछिल्ला एक डेढ दशकको सबैभन्दा ठुलो र प्रभावशाली विषय हो । जति राजनीतिमा युवा र शिक्षितको कुरा गरे पनि अझै पार्टीहरूको त्यसलाई कार्यान्वयन गर्न नसकिरहेको परिदृश्यमा चालिसे एक विषयमा स्नातकोत्तर उत्तीर्ण र बिएड सक्काएका छन् । सबैसँग सहजै घुलमिल हुने स्वभावका पाण्डे अत्यन्तै सरल, निडर, हँसिलो, फरासिलो खुलेर बोल्ने स्वभावका छन् । ‘व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानिलकण्ठ हाम्रो रहर’ भन्ने चालिसेको नारा रहेको छ ।

binod chalise

समग्र बुढानिलकन्ठ नगरपालिकाको विकासको लागि युवा जनजागरण अभियानका सयौँ युवाहरूसँग हातमा हात र काँधमा काँध मिलाई समग्र बुढानिलकन्ठ नगरवासीको सेवामा समर्पित चालिसेले नगरपालिकाको भौगोलिक सामाजिक, धार्मिक, सांस्कृतिक राजनीतिक अवस्थालाई नजिकबाट बुझेका छन् । नगरपालिकाका अपाङ्ग, दलित, महिला, जनजाति लगायतको उत्थान नगरीकन बुढानिलकन्ठको समग्र विकास सम्भव नहुने कुरा उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

विनोद चालिसेका ९ प्रतिबद्धताहरू:

१. सेवा प्रवाहमा सुधार र सुशासनयुक्त नगर प्रशासन
२. बस्न लायक सहर, घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण
३. धर्म संस्कृति, कला भाषा, साहित्य
४. शिक्षा तथा स्वास्थ्य
५. स्वच्छ वातावरण, सफा र सुन्दर नगर
६. रोजगारी र उद्यमशीलता; आर्थिक रूपले नमुना नगर
७. आफ्नै पानी आफैँले खानी
८. सबल र सशक्त समाज निर्माण
९. सूचना र सञ्चार, समृद्धिको आधार

binod chalise

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार