जापानी अनुसन्धान कर्तासहित कलाकारहरूलाई सम्मान तथा पत्रकारिता पुरस्कार अर्पण

टोकियो/कुसङ  येले तङ्बे (वर्ष) ५०८४ तथा याक्थुङ जातिको मौलिक सांस्कृतिक पर्व कःक्फेक्वा तङ्नामको अवसरमा मिति २०२४ जनवरी १४ तारिख आइतबार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा किरात याक्थुङ चुम्लुङ, जापानले शुभकामना आदान प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्दै जापानी शोधकर्ता सहित कलाकारहरूलाई कदर पत्रद्वारा सम्मान तथा ‘किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार – २०२३’ अर्पण गरेकोे छ ।




    त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका पूर्वप्रमुख एवम् क्योतो युनिभर्सिटी, जापानका भिजिटिङ एशोसिएट प्रोफेसर डा. डम्बर चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विगत लामो समयदेखि याक्थुङ भाषिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएका ताःन्छोःप्पा पत्रिकाका सम्पादक एवम् गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको याक्थुङ पृष्ठका संयोजक अम्बरजङ लिम्बू (अमर तुम्याहाङ) र पत्रकारिताका माध्यमबाट जनतालाई सुसूचित गराउने कर्तव्य निर्वाह गर्दै आएको तथा किरात याक्थुङ चुम्लुङ, जापानका गतिविधिहरू समेटी नेपालबाट प्रचार प्रसारमा पुर्याएको योगदानको उच्च प्रशंसा तथा मूल्याङ्कन गर्दै द मार्जिन मिडियालाई ‘किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार– २०२३’ द्वारा नगद जनही रु.२०,०००/- (अक्षरेपी बिस हजार रुपैँया) रकम सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ ।
    कार्यक्रममा नेपालको पूर्वी लिम्बुवान लगायत क्षेत्रमा पुगी त्यस क्षेत्रमा बुनिने ढाका कपडाका विविध विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएकोमा उक्त कार्यको उच्च प्रशंसा गर्दै क्योतो युनिभर्सिटी, जापानका एसिस्टेन्ट प्रोफेसर डा. युको ताकामिची र नेपालका आदिवासीहरूले आफ्नो मौलिक सांस्कृतिक अधिकार प्राप्तिका लागि गर्दै आइरहेको आन्दोलनलाई आफ्नो अध्ययन अनुसन्धानको विषय बनाई त्यस क्षेत्रमा समेत प्रत्यक्ष पुगी अध्ययन अनुसन्धान गर्दै आउनुभएका क्योतो युनिभर्सिटी, जापानका पीएच्डी शोधार्थी साया आराकीलाई कदर पत्रद्वारा सम्मान गरिएको छ ।



    चुम्लुङ जापानले प्रवास जापानमा रहेर नेपाली गीत सङ्गीत क्षेत्रमा पुर्याईरहेको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर पत्र तथा नगद १०,०००।– (अक्षरेपी दश हजार) येन प्रदान गरि गायक एजिन राई र प्रजन महर्जनलाई चुम्लुङले सम्मान गरेको छ । साथै, नेपाली मौलिक कला संस्कृतिको प्रवद्र्धनमा नृत्यकलाका माध्यमबाट पुर्याईरहेको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर पत्र तथा नगद १०,०००।– (अक्षरेपी दश हजार) येन प्रदान गरि कलाकार कामना फगामी मगरलाई सम्मान गरिएको छ । त्यस्तै, साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्यको कामना गर्दै चिरन लाबुङलाई कदर पत्र प्रदान गरिएको छ ।
 
    कार्यक्रममा सन् २०२२ बाट प्रदान गर्न थालिएको ‘किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार’लाई अविछिन्न रूपमा निरन्तरता दिन प्रारम्भिक एक लाख पचास हजार रुपैयाँ मूलधन रहेको ‘किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार अक्षय कोष’को घोषणा गरिएको छ । यो कोषको मूलधन दश लाख पुर्याउने लक्ष्य राखिएको छ । पुरस्कार राशी दश हजारबाट प्रारम्भ गरि हाल बिस हजार पुर्याइएको छ भने भविष्यमा पुरस्कार राशी एक लाख प्रदान गर्ने गरि कोष अभिवृद्धि गर्ने लक्ष्य रहेको कार्यक्रममा बताइएको छ । यसअघि जापानमा क्रियाशिल पत्रकारद्वय आनन्द कोइराला र फुर्वा शेर्पा ‘किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार– २०२२’ बाट सम्मानित भइसकेका छन् ।



    कार्यक्रममा प्रमुख अतिथि एवम् त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका पूर्वप्रमुख एवम् क्योतो युनिभर्सिटी, जापानका भिजिटिङ एशोसिएट प्रोफेसर डा. डम्बर चेम्जोङले आफ्नो मन्तव्य राख्दै “मानिस जीवन निर्वाहका लागि आफ्नो पेशा व्यवसाय वा जीवन गुजाराको अनेक कार्यमा तल्लिन रहन्छ तर जीवनको उत्तराद्र्धमा आफू को हो ? भन्ने सवालले आफ्नो पहिचानको खोजीमा सोच्न बाध्य बनाउँछ । हामी आदिवासी नेपालीहरूको आ–आफ्नै विशिष्ट पहिचान छ । हामी संसारको जुनै कुनामा पुगेर रहे पनि आफ्नो मौलिक पहिचानबाट टाढा रहन सकिन्न” भन्ने विचार व्यक्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ, जापानका कार्यवाहक अध्यक्ष श्री गुरुङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ, जापान पूर्व अध्यक्ष सञ्जिव राई, विशेष अतिथि एवम् क्योतो युनिभर्सिटी, जापानका पीएच्डी शोधार्थी साया आराकी, थकाली सेवा समिति, जापानका अध्यक्ष बुद्धि गौचन, नेपाल पत्रकार महासंघ, जापानका अध्यक्ष शान्त पहरी, नेपाल शेर्पा संघ, जापानका अध्यक्ष सोनाम शेर्पा, कियाचु, जापानका संस्थापक अध्यक्ष एवम् सल्लाहकार रिद्धिबहादुर तुम्बाहाम्फे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, जापानका अध्यक्ष फुर्वा शेर्पा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।



    कुसङ तङ्बे (नयाँ वर्ष) तथा कःक्फेक्वा तङ्नामको अवसरमा आयोजित कार्यक्रममा याक्थुङ मौलिक परिकार तरुल, याङ्बेन, सेल रोटी वितरण गरि प्रारम्भ गरिएको थियो । बृहत सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायक अटल तुम्बापो, गायक एजिन राई, प्रजन महर्जन, चिरन लाबुङको विशेष साङ्गीतिक तथा चर्चित कलाकार कामना फगामी मगरको नृत्य प्रस्तुति रहेको थियो । गायक विष्णु आङ्देम्बेले याक्थुङ साम्लो प्रस्तुत गरेका थिए । यसका साथै याक्थुङ मौलिक केलाःङ तथा या?लाःङ समेत प्रस्तुत गरिएको थियो । 
    कार्यक्रममा संस्थाका उपाध्यक्ष देवेन्द्र लाओतीबाट स्वागत मन्तव्य तथा उपाध्यक्ष लक्ष्मीहाङ आङ्बोबाट कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने कार्य भएको थियो । कार्यक्रम संस्थाका महासचिव मुक्साम लाओतीको सञ्चालन एवम् अध्यक्ष सुदीप पालुङ्वाको सभापतित्वमा सम्पन्न भएको थियो ।

साेहि  दिन विश्वभरि छरिएर बसेका याक्थुङ लिम्बू तथा लिम्बुजन्य संघ संस्थाहरूले विविध कार्यक्रमका  गर्दै  येले तङ्बे कःक्फेक्वा तङ्नाम नाएका छन । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार