काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आइतबार)देखि फ्रन्टलाइनमा काम गर्नेलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भनेकोमा आजलाई सो काम रोकिएको छ । सम्बन्धित कार्यालयहरूले व्यवस्थापन नगर्दा आजदेखि दिने भनिएको बुस्टर डोज भोलिसम्मका लागि  रोकिएको हो । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले अस्ति (शुक्रबार) सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य अपूर्ति व्यवस्थापन केन्द्र र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोजको खोपको व्यवस्थापन गर्न भनेको थियो । 

‘कतिलाई लगाउने ? फ्रन्टलाइनरलाई दिने भनिएको छ । तर, फ्रन्टलाइनको पनि कसलाई लगाउने ? बुस्टर डोज लगाएको रेकर्ड कसरी राख्ने भनेर निर्देशन आएको छैन', शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकारी नवराज गौतमले भने, ‘आज बुस्टर डोज दिइएको छैन ।’

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले व्यवस्थापनमा समय लागेकाले आज बुस्टर डोज दिन नसकिएको बताएको छ । बुस्टर डोज लगाउन पहिले लगाएको खोप कार्ड अनिवार्य लिएर जानुपर्ने प्रावधान रहेको छ ।


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार